नक्कली नोट र चोरीका मोबाइलसहित ४ बालक पक्राउ
दाङ । दाङको घोराइमा दुई लाख रुपैयाँ बराबरको चोरीको मोबाइलसहित चार जना बालक पक्राउ परेका छन् ।
घोराहीको नयाँ बसपार्क बस्ने १३ वर्षीय आकाश घर्ती, भालुबाङ घर भइ घोराही पुरानो बसपार्क बस्ने १२ वर्षीय लक्षमण बिक, रोल्पा घर भई हाल नयाँ बसपार्क बस्ने १२ वर्षीय नारायण चन्द र रोल्पा थबाङ घर भई हाल पुरानो बसपार्क बस्ने १२ वर्षीय प्रमिशन बुढा पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट सामसुङको मोबाइल ३ थान, जिओनी १ थान, कलर्स २ थान, लाभा १ थान र लेनेभो १ थान गरी ८ थान मोबाइल र अन्य सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
साथै उनीहरुबाट नक्कली नोटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । विभिन्न दरका १४ वटा नक्कली नोट फेलापरेको प्रहरीको भनाइ छ ।