News

अन्तिम चरणमा पुग्याे कलंकी–खसीबजार ‘अन्डरपास’

अन्तिम चरणमा पुग्याे कलंकी–खसीबजार ‘अन्डरपास’

ललितपुर । नेपालमा पहिलोपटक बनेको कलंकी–खसीबजारस्थित ‘अन्डरपास’को निर्माण अन्तिम चरणमा पुगेको छ ।

 

आगामी ६ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।

 

कलंकी–कोटेश्वर सडक निर्माण द्रुतगतिमा अघि बढेको र अन्डरपास निर्माण पनि त्यही गतिमा भइरहेको छ ।

 

‘जम्मा ८०० मिटर सडकमा अन्डरपास निर्माण भइरहेको हो । माथि मुख्य सडकमा चार लेन र र सो सडकमुनि रहेको अन्डरपास ८ लेन हुनेछ’–उनले भने–‘मुख्य लेन तल र सहायक लेन माथि हुनेछ ।’

 

सहायक लेनमा जानका लागि दायाँबायाँ गरेर बनाइएका सर्भिस ट्रयाक पनि माथि नै हुने इन्जिनियर अर्याल बताउँछन् ।

 

अरु सामान्य सडक निर्माणभन्दा अन्डरपासको निर्माण तुलनात्मकरुपमा महँगो भएको उनी बताउँछन् ।

 

कोटेश्वर–कलंकी सडक निर्माणको जम्मा बजेट रू पाँच अर्ब हो । अन्डरपासलाई कलंकी–थानकोट सडकको जाम हटाउने उपायकारुपमा हेरिएको छ ।

 

इन्जिनियर अर्याल भन्छन्–‘उपत्यकाभित्रै र बाहिर आउने–जाने यात्रीले अब घन्टौं जाममा फस्नुपर्नेछैन ।’

 

चिनियाँ निर्माण कम्पनी संघाइ निर्माण सेवा समूहले कोटेश्वर–कलंकी सडक निर्माणको ठेक्का लिएको छ ।

 

भूकम्प र नाकाबन्दीका कारण एक वर्ष काम रोकिएपछि आगामी जुलाईसम्म कामसक्ने गरेर सरकारसँग सम्झौता भएको थियो । समयमा नै सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।

विशेष