विवादको घेरामा राष्ट्रपति
काठमाडौं । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको सरकारको निर्णय उल्टाउँदै तीन जनाको नाम राष्ट्रियसभा सदस्यका लागि सिफारिस गर्यो। सिफारिस गरलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिसअनुरूप मनोनयन गरिन् ।
शेरबहादुर देउवा सरकारले माघ २६ गते गरेको निर्णय यत्रो दिनसम्म पनि राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइनन् । तर केपी ओली नेतृत्व सरकारले गरेको त्यही सिफारिस अनुमाेदन गर्न राष्ट्रपति भण्डारीले केही घण्टा पनि लगाइनन् ।
वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले अघिल्लाे सरकारले गरेकाे सिफारिस नै बाध्यकारी हुने बताउँदै त्यसलाई नमानेर राष्ट्रपति भण्डारीले सविधानकाे उल्लंघन गरेकाे अाराेप लगाए । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।