खानेपानीको धाराबाट रगत आउन थालेपछि
काठमाडाैं । खानेपानीको धाराबाट पानीसँगै रगत आउन थालेपछि स्थानीय अचम्ममा मात्र परेका छैनन्, त्रसितसमेत भएका छन् ।
बनेपा नगरपालिकाको दक्षु टोलमा खानेपानीको धाराबाट रगत आउन थालेको हो ।
खानेपानीको पाइपलाइनमा ढल मिसिँदा पशु बधशालाबाट फालिएको रगत, लादी तथा दिसापिसाब खानेपानीको धारामा मिसिन गएको हो ।
यसरी महिनौंदेखि खानेपानी धाराबाट रगत बग्न थाल्दा पनि नगरपालिका भने मौन बसेको छ ।
स्थानीले पटकपटक यसबारे समस्या राख्दा पनि नगरपालिका मौन बसेको स्थानीयहरूले बताएका छन् ।
खानेपानीको पाइपलाइनभन्दा माथिका बस्तीहरुमा पशु बधशाला रहेको र त्यहीँबाट फालिएको फोहोर खानेपानीमा मिसिएको खानेपानीमा मिसिएको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादे श्रेष्ठले बताए । तर, उनले यस्तो जानकारी पाउँदासमेत यसबारे समस्या समाधानतर्फ कुनै वास्ता नगरिदिँदा स्थानीय झनै आक्रोशित र चिन्तित बन्न थालेका छन् ।
मेयर श्रेष्ठले भने अब केही दिनभित्रै यो समस्याको हल खोजिने आश्वासन दिएका छन् । उनले भने, ‘पहिला पहिला यस्तो नगर्न चेतावनी त दिएका थियौं, तर टेरेनन्, अबचाहिँ जसरी पनि समस्याको समाधान निकाल्छौं ।’