विदेश स्वास्थ्य

हैजाले १० जनाको ज्यान गयो

हैजाले १० जनाको ज्यान गयो

११ महिने बालकसहित १० जनाको ज्यान गएपछि फिलिपिन्सको एक दक्षिणी क्षेत्रमा पर्ने पहाडी इलाकालाई त्यहाँको सरकारले स्वास्थ्यका हिसाबले संकटग्रस्त क्षेत्र तोकेको छ ।


बालाबाक भन्ने ठाउँमा करिब दुई महिनादेखि हैजानको प्रकोप फैलिएको थियो ।


त्यहाँ हैजाका कारण अझै पनि २ सय जना प्रभावित भएका अधिकारीहरूले बताएका छन् ।


दूषित खानेपानी उपभोग गरेको र सरसफाइमा ध्यान नदिइएकोले हैजा फैलिएको फिलिपिन्स सरकारले बताएको छ ।


अघिल्लो वर्ष पनि यसरी नै हैजा फैलिएको र त्यसबेला आधा दर्जन बढीको ज्यान गएको थियो ।

एजेन्सीको सहयोगमा

विशेष