बसको ठक्करबाट नेविसंघ एनआरका सचिवको मृत्यु
काठमाडौं । काठमाडाैँकाे नेपालटारमा मंगलबार साँझ बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा ३ ख २६१३ नम्बरको बसको ठक्करबाट नेविसंघ एनआर क्याम्पस इकाइ सचिव चन्द्रप्रकाश मुक्तानको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार मुक्तानलाई तीव्र गतिमा रहेको बसले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ । घटनालगत्तै राती मृतकका आफन्तले नेपालटार क्षेत्रमा प्रदर्शन समेत गरेका थिए । यसैबीच आज विहान ८ बजेदेखि नेपालटारमा घटनाको विरोधमा प्रदर्शन गर्न लागिएको नेविसंघले जनाएको छ ।
चालकमाथि कडा भन्दा कारबाहीका साथै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग सहित प्रदर्शन गर्न लागिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।