News खेल

दोस्रो टी–२० मा दक्षिण अफ्रिकासँग भारत ६ विकेटले पराजित

दोस्रो टी–२० मा दक्षिण अफ्रिकासँग भारत ६ विकेटले पराजित

काठमाडाैँ । दोस्रो टी–२० खेलमा दक्षिण अफ्रिकाले भारतलार्इ ६ विकेटले पराजित गरेकाे छ ।  भारतले दिएको १ स ८९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा परा गर्दै ६ विकेटकाे जित निकालेकाे हाे ।

 

जितसँगै ३ खेलको सिरिजमा १–१ को बराबरी भएको छ । दक्षिण अफ्रिकाका लागि जेपी डुमिनीले नटआउट ६४ रनकाे याेगदान गरे । उनले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै हेनरिका क्लासेनले ६९ रन जोडे ।

 

बलिङतर्फ भारतका जयदेश उनादकाद २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८८ रन जोड्यो। भारतका लागि मनिष पान्डेले नटआउट ७९ र महेन्द्रसिंह धोनीले नटआउट ५२ रन बटुले ।

 

त्यसअघि रोहित शर्मा शून्य र कप्तान विराट कोहली १ रनमै आउट भएका थिए । ओपनर शिखर धवनले २४ रन जोड्दा सुरेश रैनाले ३१ रनको योगदान दिए। यो जितसँगै तीन खेलको टी–ट्वेन्टी श्रृङ्खलामा १–१ को बराबरी भएको छ । तेस्रो तथा निर्णायक खेल २४ फेब्रुअरीमा हुनेछ ।

विशेष