News राजनीति

एकीकृत पार्टीको संगठनात्मक संरचना तयार गर्न वाम कार्यदल छलफलमा

एकीकृत पार्टीको संगठनात्मक संरचना तयार गर्न वाम कार्यदल छलफलमा

काठमाडौं । एकीकृत पार्टीको संगठनात्मक संरचना तयार गर्न एमाले माअाेवादी कन्द्रकाे सयुक्त कार्यदल औपचारिक छलफलमा जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छलफलमा एमाले र माओवादीका शीर्ष नेताको उपस्तिथि रहेको छ ।

 

पार्टी एकता गर्ने निर्णय गर्दै त्यसको प्रारम्भिक आधार तयार गरेको वाम गठबन्धनले सांगठनिक संरचनामा सहमति जुटाउन कार्यदल बनाएको थियो। वाम गठबन्धनले बनाएको कार्यदल सहितको शीर्ष नेताको आजको बैठकले एकीकृत पार्टीको संरचना र नेताहरुको कार्यविभाजनका विषयमा औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।

 

वाम गठबन्धनले निर्माण गरेको संगठनात्मक कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, मातृका यादव, वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।

 

एकीकृत पार्टीको नामसहित मार्गदर्शक सिद्धान्तको विषयमा औपचारिक निर्णय गरेका वाम गठबन्धनले सांगठनिक र सैद्धान्तिक विषय व्यवस्थापनका लागि दुई कार्यदल बनाएको थियो । कार्यदलले एकीकृत पार्टीको अन्तरिम विधानको मस्यौदा तय गर्ने जिम्मेवारी पाएको छ ।

 

कार्यदलको प्रतिवेदनका आधारमा दुवै अध्यक्षले पार्टीको संगठनात्मक तथा सैद्धान्तिक आधार टुंगो लगाउने बताइएको छ । 

विशेष