News मुख्य समाचार

पर्यटन बोर्डका पूर्व प्रमुखसहित तीन जना दोषी ठहर, ८० लाख विगोसहित सात वर्ष कैद

पर्यटन बोर्डका पूर्व प्रमुखसहित तीन जना दोषी ठहर, ८० लाख विगोसहित सात वर्ष कैद

काठमाडौं । विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्ट्राचार प्रकरणमा बोर्डका पूर्वप्रमुख कार्यकारी निर्देशक सुवास निरौलासहित ३ जनालाई दोषी ठहर गरेको छ ।

 

सो प्रकरणमा अदालतले फैसला सुनाउँदै बोर्डका पूर्वप्रमुख कार्यकारी निर्देशक निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वल्र्ड वाइड ट्राभलका महेन्द्र खनाललाई दोषी ठहर गरेको हो ।

 

२३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा २० जनालाई भने विशेषले सफाइ दिएको छ ।

 

दोषी ठहर गर्दै विशेष अदालतले निरौलालाई ७ वर्ष कैदसँगै ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना तिराउन फैसला गरेको छ । त्यस्तै लेखा शाखा प्रमुख दासलाई ६ वर्ष कैदसँगै ५० लाख २९ हजार ५४ हजार बिगो तथा २४ लाख ३७ हजार ४ सय जरिवाना गरेको छ भने खनाललाई एक लाख ५४ हजार बिगो तिराउने फैसला सुनाएको छ ।

 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले यस्तो फैसला सुनाएको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डमा करिब एक अर्ब भ्रष्टाचार भएको दाबी गर्दै २०७१ चैत २० गते मुद्दा दायर गरेको थियो ।

विशेष