सोमालियामा आत्मघाती आक्रमण, १८ जनाको मृत्यु

काठमाडौं । सोमालियाको राजधानी मोगादिशुमा भएका छुट्टाछुट्टै आत्मघाती बम विष्फोटमा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।
राष्ट्रपतिको कार्यालय र गुप्तचर विभाग परिसरमा आत्मघाती आक्रमण भएको हो । आक्रमणमा दर्जनौं घाईते भएको बीबीसीले जनाएको छ । गुप्तचर विभागको परिसरमा भएको विष्फोटमा स्थानीय इस्लामिक अतिवादी संगठन अल सवाबले जिम्मा लिएको छ ।
प्रहरीको जवाफी कारबाहीमा अल सवावका ५ जना लडाकुहरु मारिएको सेनाको दाबी छ । यसअघि हिजो मात्रै आतंकवादी आक्रमणको सम्भावना बढेको भन्दै सोमालियाका रक्षा मन्त्रीले सतर्कता अपनाउन आग्रह गर्नुभएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।