राजनीति भिडियो कभर स्टोरी

केपी ओलीलाई दिपशिखाको चेतावनीः ‘जनयुद्ध’ हटाइयो भने एकताभित्रै विद्रोह हुन्छ (भिडियो)

वाम एकतामा हामीलाई नै बढी घाटा छ

केपी ओलीलाई दिपशिखाको चेतावनीः ‘जनयुद्ध’ हटाइयो भने एकताभित्रै विद्रोह हुन्छ (भिडियो)

काठमाडौं । ‘वाम एकता नभएर, माओवादी एमालेसँग मिलेको’ टिप्पणी आइरहँदा नेकपा माओवादी केन्द्रको युवा संगठन यूथ कम्युनिष्ट लीग (वाईसिएल)का अध्यक्ष दिपशिखाले आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई ‘झुकेर पार्टी एकता नगर्न’ सुझाव दिएका थिए ।

 

यसको मतलब, पार्टी एकता र पार्टी प्रवेश फरक विषय हुन् । अहिले दुई पार्टीको मिलनलाई ‘पार्टी प्रवेश’को रुपमा अथ्र्याइनु गलत ठान्छन् दिपशिखा । उनका अनुसार यो पार्टी प्रवेश नभएर एकता हो ।

 

यद्यपि केही महत्वपूर्ण विषय बाँकी छन् । उनै युवा तथा जुझारु नेता दिपशिखासँग नेपालआजको यो बहस सम्भव भएको छ । यस क्रममा उनले माओवादीबारे केही गलत प्रचार गरिएको भन्दै त्यसको प्रतिवाद गरेका छन् ।

 

खासगरी माओवाद र जबजबारे केही पटाक्षेप भइरहँदा उनले आफ्ना अध्यक्षलाई खुट्टा नकमाउन ढाडस् दिएका हुन् ।

 

जनादेश पालना

‘वाम एकता’ अहिलेको आवस्यकता तथा जनादेश भएको उनको तर्क थियो । साथै यो बाध्यात्मक अवस्था रहेको उनले बताएका छन् । ‘हाम्रो एकता वाध्यात्मक हो,’ उनले भने, ‘सिद्धान्तका नाममा विवाद नगरौँ र जनताको आदेश पालना गरौँ भन्ने हाम्रो आशय हो ।’

 

नेपाली राजनीतिमा बाँदरे प्रबृत्ति मौलाएको भन्दै वामपन्थीहरु एक हुनु अहिलेको आवस्यकता भएकाले मिल्नुको विकल्प नरहेको उनको भनाइ छ । उनका अनुसार वाम एकता समृद्धि र विकासकै लागि हो ।

 

विप्लव समूहको शक्ति

‘कम्युनिष्ट नेता विप्लव, मोहन बैद्यलगायत समूह एक ठाउँमा उभिँदा अहिलेको वाम एकतालाई चुनौती हुन्छ कि हुँदैन ?’ भन्ने जिज्ञासामा उनले तत्कालका लागि चुनौती नरहेको बताए ।

 

र उनीहरुको मिलनले वाम एकतालाई असर नगर्ने उनको जिकिर छ । मोहन वैद्य समूहको उदाहरण दिँदै उनले बिचारमा क्रान्तिकारी भएर मात्रै गतिशिल हुन नसक्ने बताए ।

 

‘सबैभन्दा क्रान्तिकारी मोहन वैद्य हुनुहुन्छ । तर उहाँको राजनीतिले त गरिखाएन नी ।’ उनको तर्क थियो ।

 

यसबाहेक माओवादीबाट छुटिएका आहुती, गोपाल किराँती, लोकेन्द्र विष्ट लगायत नेताहरुलाई लक्षित गर्दै ‘क्रान्तिकारीको नाममा जोगी हुने छुट नभएको’ बताएका छन् ।

 

‘माओवाद’का राम्रा कुरा झिक्ने, ‘जनयुद्ध’ हट्दैन

एकीकृत पार्टीका कुनै पनि नेताले ‘माओवादी जनयुद्ध’ लाई अस्विकार गर्न नसक्ने र नपाउने उनको जिकिर छ । बरु ‘माओवाद’ र ‘२१ औं शताब्दिको जनवाद’ आफूहरुको अडान भएकोले त्यसबाट राम्रा कुरा झिक्न सकिने बताए ।


‘जनयुद्धलाई कसैले अस्विकार गर्छ भने उ नेता बन्न सक्दैन । कार्यकर्ता बनेर बस्नुपर्छ,’ उनले भने, ‘अन्यथा विद्रोह हुनेछ ।’

 

उनले जबज एक कार्यक्रम मात्रै भएको तर माओवाद बिचार भएको तर्क गरेका थिए । बरु‘माओवाद’ र ‘२१ औं शताब्दिको जनवाद’ जबजभन्दा अग्रगामी भएको उनको भनाइ छ ।

 

यस्तै पदीय र बैचारिक रुपमा केही बेमेलका बावजुद छिट्टै एकता प्रक्रिया टुंगिने बताए । भ्रात्री संगठनहरु समेत छिट्टै मर्ज हुने उनको ठोकुवा थियो । पदीय व्यवस्थापनको कुरा १५ दिनभित्रै टुंगिने उनले बताए ।

 

विशेष