विदेश

अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टन युएइमा के गर्दै छन् ?

अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टन युएइमा के गर्दै छन् ?

 

दुबई । संयुक्त अरब इमरेटस् (युएई)का उप सर्वोच्च कमाण्डर सेख मोहम्मद जायेद अल नाह्यानसँग अमेरिकाका पुर्व राष्ट्रपति विल क्लिन्टनले भेटवार्ता गरेका छन्। 

 

युएइको भ्रमणमा रहनु भएका क्लिन्टनले बिहीबार गर्नु भएको भेटवार्तामा दुई देशको आपसी सम्वन्धबारेमा छलफल गर्नुभएको थियो । दुई देशकाबीचमा कडा सम्वन्ध रहेको र आगामी दिनमा पनि सुमधुर सम्बन्ध बनाउदै लैजान साझा चासोका विषयमा उनीहरूले छलफल गरेका हुन् । 

 

राज्यद्वारा सञ्चालित वाम नामक समाचार संस्थाले उनीहरूका बीचमा भएको छलफलमा अमेरिकाका लागि युएइका राजदूत योसेफ अल ओटैबा र अबुदाबीको उच्च् अदालतका उपसचिव मोहम्मद मुबारक अल मज्रोइ पनि सहभागी भएका थिए । 

 

क्लिन्टन सन् १९९३ देखि २००१ सम्म अमेरिकाको राष्ट्रपति हुनुभएको थियो । उनीलाई अमेरिकामा ४२औं राष्ट्रपति मानिन्छ । लामो समय देखि युएइमा उनी व्यापार र शिक्षा सम्वन्धि सम्मेलनको नियमित वक्ता हुन् । 

विशेष