राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेसँगै सत्तासिन दल एमालेमा दौडधुप बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिमा सबैभन्दा बढी आकांक्षी देखिएका छन् ।
आयोगले २९ गते राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ । राष्ट्रपतिका लागि एमालेभित्र दाबेदारहरुले 'लबिङ' गरिरहेका छन् ।
राष्ट्रपति पदका लागि एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले पूर्वअध्यक्ष झलनाथ खनाल, र पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङ लबिङमा लागेका छन् ।
यस्तै नेता माधवकुमार नेपाललाई समेत केही नेताले राष्ट्रपतिको उम्मेदवार बन्न हौस्याएका छन् । याे खबर अाजकाे राजधानी दैनिकमा छ ।