हृदयघातका विरामीलाई चाहिने एप अाफ्नाे माेवार्इलमा डाउनलाेड गरिहाल्नुहाेस्
एप्पल कम्पनीले आफ्नो स्मार्टफोन आईफोनका प्रयोगकर्तालाई लक्षित गरेर हृदयघातका विमारीहरुलाई उपयोगि हुने मोवाइल एपलाई सार्वजनिक गरेको छ ।
कोरी नाम गरेको यो एपलाई एप्पलले केयर किट प्ल्याटफर्ममा पहिलो कार्डियोलोजी ऐपको रुपमा राखेको छ । हृदयघात भएका ब्यक्तिहरुलाई अस्पतालको प्रकृया र स्वास्थ लाभ गर्ने समय आफैंलाई झंझटिलो हुने गर्छ । यही समस्यालाई बुझेर यो एपको निर्माण गरिएको हो ।
यो एपको मद्धतले कुनै पनि विमारीले हृदयघात पछि चिकित्सकसंग गर्नु पर्ने भेटघाट, उपचार, उपचार प्रकृया र आफुले अपनाउनु पर्ने जिवनशैलीहरुलाई राखेको छ । यो हेरेर विमारीले आफैंलाई सचेत गराउने एपको निर्माताहरुले बताएका छन् ।
अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीले तयार पारेको यो एपका एक निर्माता विलियम योङका अनुसार हृदयघातवाट बचेका विमारीहरुलाई सन्चो हुन धेरै किसिमको झंझट भोग्नु परेको हुन्छ । हामीले विमारीलाई त्यो बेलामा के के कुराले झंझट भैरहेको हुन्छ त्यो कुरालाई विशेष ख्याल गरेर एपको निर्माण गरेका हौं । यो एप मार्फत् हृदयघात भएका कुनै पनि विमारीले आफ्नो वारेमा ख्याल राख्न सक्छन् ।
यो एपको मार्फत् विमारीले आफ्नो उपचार, औषधि विवरण सबै राख्न सक्छ । औषधि कुन समयमा खाने भन्ने कुराको पनि जानकारी आफैं पाउछ । यो वाहेक यो एप चलाउने विमारीले आफुलाई कुन बेलामा विशेष ख्याल राख्नु पर्छ ।
के कुरा गर्न हुने के कुरा गर्न नहुने जस्ता कुराहरुको पनि अलर्ट दिने गर्छ । यो एपलाई एप्पलको स्मार्ट वाच मा मोवाइल एपलाई सिंक गरेको खण्डमा विमारीले आफ्नो मुटुको चाल, ब्लड प्रेसरको स्थितीको वारेमा पनि जानकारी आफैं पाउन सक्छ ।