News

कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश

कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लािग उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ । 

 

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आज अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो । 

 

प्रधानन्यायाधीश पराजुलीको जन्ममिति सम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गरेको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आदेश दिएको हो । 

 

आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको छ । 

 

साथै, आदेशमा कान्तिपुरले पत्रकार आचारसंहिताको पालना गरे–नगरेको अध्ययन गरी कानूनसम्मत कारबाही गर्न प्रेस काउन्सिल नेपालका नाममा पनि अन्तरिम आदेशसमेत दिएको छ । 

Kantipur

विशेष