श्रीमान विदेश भएका महिलालाई ब्ल्याकमेलिङ गरी बलात्कार गरेको भन्दै अमेरिकी दूतावासका कर्मचारी पक्राउ
काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत पूर्वसैनिक राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रेमीहरुसँग होटलमा जाने महिलालाई पिछा गर्ने र परिवारमा पोल खोलिदिने भन्दै ब्लाकमेलिङ गरेर यौनशोषण गरेकाे अाराेपमा उनलार्इ प्रहरीले पक्राउ गरेककाे हाे ।
दुई जना महिलाले उनीविरुद्ध दिएकाे जाहेरीका अाधारमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनलाई पक्राउ गरी मुद्दा अघि बढाएको छ। नुवाकोट घर भएका नेपाली सेनाका पूर्व अमल्दार आचार्य काठमाडौंस्थित अमेरिकी दूतावासको सेक्युरिटीमा कार्यरत कर्मचारी हुन् ।
प्रहरीका अनुसार महिलाहरु गेस्ट हाउसबाट निस्किएपछि पिछा गर्दै आफूलाई सबै थाहा भएको र परिवारमा भनिदिने भन्दै आफूसँग पनि सम्बन्ध राख्न जर्बजस्ती गरि बलात्कार गरेकाे खुलासा भएकाे छ ।
उनीबाट पीडित भएकी एक महिलाले उजुरी गरेपछि घटना बाहिर आएको हो। आचार्यलाई जबर्जस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए ।