चार मन्त्री, तीन पोशाक, दुई भाषा !
काठमाडाैँ । राष्ट्रपति कार्यालय शीतलनिवासमा साेमबार आयोजित मन्त्रीहरुकाे सपथग्रहण समारोहमा नवनियुक्त चार जना मन्त्री फरक–फरक पोशाकमा उपस्थित थिए ।
माअोवादी केन्दबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री न्त्री मातृकाप्रसाद यादवले मातृभाषा मैथिलीमा शपथग्रहण गरे । यादवबाहेक तीनै जनाले नेपाली भाषामा सपथ लिए । एमालेबाट रक्षामन्त्रीमा नियुक्त एमाले महासचिव ईश्वर पोखरेल र अर्थन्त्री डा. युवराज खतिवडा दौरासुरुवालमा सजिएका थिए ।
माओवादी केन्द्रका वरिष्ठ नेता समेत रहेका गृहमन्त्री थापा भने पाइन्ट, सर्ट र कोटमा थिए। मन्त्री यादवले भने कुर्ता र पाइन्ट लगाएका थिए। मधेसको पहिचानका रुपमा लिइने कुर्तामाथि यादवले गम्छा राखेका थिए । याे खबर अाजकाे राजधानी दैनिकमा छ ।