श्रीदेवीको पार्थिव शरीर दुबईबाट मुम्बई ल्याइयाे, अन्तिम संस्कार ३ः४५ बजे
बलिउड अभिनेत्री श्रीदेवीको पार्थिव शरीर युएईको दुबईबाट भारतको मुम्बई ल्याइएको छ । श्रीदेवीको पार्थिव शरीर मंगलबार राति ९ः३० बजे दुबईबाट मुम्बई ल्याइएको हो ।
श्रीदेवीकाे शनिबार राति दुबर्इमा मृत्यु भएकाे थियाे । उनको बाथटबमा डुबेर मृत्यु भएको थियो । सुरुवाती चरणमा भने मृत्यु हृदयाघातका कारण भएको बताईएको थियो । तर दुबई अस्पतालले गरेको फरेन्सिक रिपोर्टमा बाथटबमा डुबेर भएको निष्कर्ष निस्किएको थियो ।
शवसंगै जहाजमा उनका पति बोनी कपुर, देवर संजय कपुर र सौतेला छोरा अर्जुन कपुरसमेत गरी ११ जना थिए । एयरपोर्टमा उनका अर्का देवर अनिल कपुर, अनिल अम्बानीसहित थुप्रै पुगेका थिए ।
श्रीदेवीको पार्थिव शरीरलाई बुधबार बिहान ९ः४५ बजेदेखि १२ः४५ बजेसम्म सेलिब्रेशन स्पोर्टस क्लवमा राखिने छ । दिउँसो २ः१५ बजे अन्तिम यात्रा निस्कने छ र ३ः४५ बजे विले पार्ले मशानघाटमा अन्तिम संस्कार हुनेछ ।