राजनीति विदेश भिडियो कभर स्टोरी

अरुणकुमारको बिस्तृत व्याख्याः सिरिया युद्धको यस्तो यथार्थ (भिडियो)

सिरिया युद्धमा नेपाल कनेक्सन

अरुणकुमारको बिस्तृत व्याख्याः सिरिया युद्धको यस्तो यथार्थ (भिडियो)

काठमाडौं । विश्व समुदायको चासो अहिले सिरियामा केन्द्रित छ । निरन्तर भइरहेको बमवर्षाको प्रष्ट प्रतिकार संयुक्त राष्ट्रसंघले समेत गर्न सकेको छैन ।

 

विश्वभरका मानवअधिकारवादीहरुले समेत यस घटनाको कडा विरोध गर्न सकेका छैनन् । पछिल्लो एक सातायता मात्रै सिरियामा भएको बमवर्षामा ५ सय भन्दा बढीको ज्यान गइसकेको छ ।

 

पछिल्लो एक सातामै सयौंको हत्या भएपछि मात्रै यस घटनाबारे धेरैको ध्यान तानिएको हो । तर यस घटनालाई २ वर्षअघिको पृष्ठभुमिमा उभिएर हेर्नुपर्ने बताउँछन् विश्लेषक तथा लेखक अरुणकुमार सुवेदी ।

 

अन्तर्राष्ट्रिय राजनीतिमाथि अर्थराजनीतिक कोणबाट भिन्न किसिमको बहस र टिप्पणी गर्ने अरुणकुमार सुवेदीले सिरियाको घटनालाई बिस्तृतमा केलाएका छन् ।

">


सिरियाको भू रणनीतिक अवस्था र यसको ऐतिहासिक महत्वसँग जोडेर उनले ब्याख्या गरेका छन् । किन सिरियामै युद्ध भयो ? अमेरिका, रुस, इरान, साउदी चीन, साउदी अरब समेत सिरियामाथि किन आकर्षित भए ? यसबारे सुवेदीले गहन तर्क गरेका छन् ।

 

र सिरिया युद्धमा अमेरिकालाई मात्रै एकोहोरो आलोचना गरिरहँदा रुस र सिरियाका शासक बसर अल असद भने असल नभएको उनले बताए ।

 

कुनै राज्य कमजोर हुँदा वा तानाशाही शासन व्यवस्थाले अन्ततः कसरी विदेशी शक्ति गुहार्छ भन्नेबारे उनले यहाँ बोलेका छन् । त्यसो त, नेपाल समेत एक कमजोर राज्यको रुपमा कुटनीतिक अस्पष्टतामा रुमलिँदा अर्को सिरिया वा अर्को माल्दिभ्स पो बन्ला की भन्ने सुवेदीको चिन्ता छ ।

 

अरुणकुमार सुवेदी कुरा: खस्रा मिठा

विशेष