विदेश

पूूर्वराष्ट्रपतिका छोराले गरे आत्महत्या

पूूर्वराष्ट्रपतिका छोराले गरे आत्महत्या


काठमाडौं । क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् ।

क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ ।


उनी केही महिनादेखि डिप्रेसनको शिकार बन्दै आएका थिए । यही कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ ।

उनी फिडेलीटोको नामबाट चर्चित थिए ।

तत्कालीन सोभियत संघमा विज्ञान विषय लिएर पढेका फिडेलीटो आणबिक भौतिक शास्त्री हुन् । उनले क्युबा सरकारको सल्लाहकारको रुपमा समेत काम गरेका थिए ।

उनका पिता फिडेल क्यास्ट्रो क्युबाली क्रान्तिको नायकका रुपमा चिनिन्छन् । जसको निधन २०१६ नोभेम्बरमा भएको थियो ।

विशेष