विदेश

सैनिक शिविरमा आक्रमण गरी ११ सैन्य अधिकारीको हत्या

सैनिक शिविरमा आक्रमण गरी ११ सैन्य अधिकारीको हत्या

इस्लामावाद - पाकिस्तानको उत्तरपश्चिमी स्वात जिल्लाको एक सैनिक शिविरमा शनिबार राति भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको ज्यान गएको छ ।

 

मारिनेमा केही सैन्य उच्च अधिकारी पनि परेका छन् । पाकिस्तानको राष्ट्रिय सेनाले आइतबार बिहान सो जानकारी दिएको छ ।

 

उक्त सैन्य शिविरमा रातको समय पारेर आतंकारीले हमला गरेका थिए । यस हमलामा परी अरु कैयौँ सैनिक गम्भीररुपमा घाइते भएका छन् ।

 

पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा यसरी घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतले कैयौँ घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेकोले मृत्यु हुनेको संख्या अरु बढ्नसक्ने जनाएको छ ।

 

उक्त आक्रमणको पाकिस्तानी तालिबानले जिम्मेवारी लिएको छ । आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न सकिएको छैन । उनीहरु रातको समयमा हमला गरेर भागेका छन् ।

 

पाकिस्तानी प्रधानमन्त्री सइद खक्वान अब्बासीले उक्त हमलाको निन्दा गरेका छन्। उनले आक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन्।

विशेष