दुुलही झै सजिएकी हिमानीको बटुुक भैरबमा डेढ घण्टा पूजा (फोटोसहित)

काठमाडौं । शनिबार पूर्व यवराज्ञी हिमानी शाहले लगनखेलस्थित बटुक भैरब मन्दिर पुगेर पूजा आजा गरेकी छन् ।
उनले मन्दिरमा पूजा गर्न करिब डेढ घण्टा लगाएकी थिइन ।
दुलही झै सजिएकी हिमानीका कारण सर्वसाधारणको भीड लागेको थियो । पूजा सकिएपछि उनलाई पूजारीले प्रसाद दिएका थिए। परम्परागत पोशाकमा मन्दिर पुगेकी हिमानीलाई पूजारीले माला लगाइदिएका थिए।