टिपर पल्टिँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

जनकपुरधाम । गएराति सवा ११ बजे धनुषाको जनकपुर उपमहानगरपालिका १४ मुजेलियामा ढल्केबरबाट ना ७ ख ३२२६ नम्बरको टिपर सडक किनारमा पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषा लक्ष्मीनिया गाउँपालिका ४ का टिपर चालक अन्दाजी २५ वर्षीय उदयकुमार ठाकुर र सहचालक मिथिला नगरपालिका २ नक्टाझिझका १८ वर्षिय संजय पासवान रहेका छन्।
ढल्केबरबाट महोत्तरीतर्फ गिट्टी लिएर आउँदै गरेको सो टिपर दुर्घटनामा परेको थियो।
शवलाई पोष्टमार्टमको लागि जनकपुर अस्पताल पठाइएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ।