कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा - करोडौं अनियमितता, दर्जनौं टोली विदेशमा मस्त

कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा - करोडौं अनियमितता, दर्जनौं टोली विदेशमा मस्त

विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।

कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो ।

सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै कर्मचारीले थाईल्यान्डको बुरफा विश्वाविद्यालयमार्फत करोडौं रकम अनियमित किसिमले खर्च गरेका हुन् ।

भ्रमणको लर्को

- कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलको नेतृत्वमा आठ सदस्यीय टोली फागुन पहिलो साता अस्ट्रेलिया जाँदै छ । कृषिकै सहसचिव नेतृत्वको विभिन्न टोली भने भियतनाम भ्रमणमै छन् ।

- पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरे नेतृत्वको टोली अस्ट्रेलिया जाँदै छ । मन्त्रालयकै सहसचिव आलोक श्रेष्ठ नेतृत्वको टोली न्युजिल्यान्डबाट भर्खरै फर्किएको छ ।

- युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोली अमेरिका, शिक्षा सचिव मधुप्रसाद रेग्मीको टोली फ्रान्स, सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको टोली अस्ट्रेलिया भ्रमणमा छ ।

- परराष्ट्र सचिव शंकरदास वैरागी र मन्त्रालयका सहसचिव नेतृत्वको फरक-फरक टोली ब्राजिल घुमेर भर्खरै फर्किएको छ ।

- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवको टोली चीनमा छ ।

- लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली सउदी अरब, सदस्य अशोक झा ब्राजिल र वृन्दा हाडा अफ्रिका जाँदै छन् ।

- महालेखा परीक्षक कार्यालयका कर्मचारी पनि अडिटको नाममा विभिन्न देश घुमिरहेका छन् ।

- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सबै सचिव विभिन्न देशमा दोहो-याइ-तेह-याइ धाइरहेका छन् ।

- अर्थ, स्वास्थ्य, सहरी विकास, वातावरण मन्त्रालयका दर्जनौं कर्मचारी विदेश जाने तयारीमा छन, कोही भर्खरै फर्किएका छन् ।

 आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

संम्बधित खबर

विशेष