सानिमा बैकको मह जोडीसँग थप दुई वर्षको लागि सम्झौता

सानिमा बैकको मह जोडीसँग थप दुई वर्षको लागि सम्झौता

काठमाडौं - सानिमा बैंकले मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह) जोडीलाई ब्रान्ड प्रवर्धकका रुपमा थप दुई वर्षको लागि सम्झौता गरेको छ ।

‘मह’ जोडी तथा बैंकका कार्यकारी प्रमुख भुवनकुमार दाहालबीच थप दुई वर्ष ब्रान्ड प्रवर्धकको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।मह जोडी ६ वर्षदेखि बैंकको ब्रान्ड प्रबर्धकका रुपमा छन् ।

सम्झौतापत्र हस्ताक्षर समारोहमा मह जोडीले ‘सानिमा जस्तो सबल अनि विश्वसनीय’ बंैकको प्रतिनिधि हुन पाएकोमा खुसी व्यक्त गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संम्बधित खबर

विशेष