News

प्रदेशमै ११० मन्त्री,सबैभन्दा बढी ३ नम्बर प्रदेशमा

प्रदेशमै ११० मन्त्री,सबैभन्दा बढी ३ नम्बर प्रदेशमा

फागुनसम्ममा प्रदेशमा १ सय १० जना मन्त्री हुने भएका छन् । प्रदेश सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन मिल्ने संवैधानिक व्यवस्था छ।

संविधानले प्रदेशसभाको अन्तिम परिणाम आएको बढीमा ३० दिनभित्र सरकार बनाइसक्नुपर्ने व्यवस्था गरेको छ। यस आधारमा पनि फागुन ३ गतेसम्म सबै प्रदेशमा सरकार बनिसक्नुपर्ने हुन्छ।

सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेकै दिन निर्वाचन आयोगले पनि माघ ३ गते प्रदेशसभाका समानुपातिक सांसदको परिणाम घोषणा गरेको थियो।

आयोगले माघ ५ गते समानुपातिक सांसदलाई आफ्नै कार्यालयमा प्रमाणपत्र वितरण गरेको थियो भने त्यसको दुई दिनपछि अर्थात् माघ ७ गते सम्बन्धित प्रदेशको अस्थायी मुकाममा प्रदेशसभाका सांसदको शपथग्रहण भएको थियो। निर्वाचित सांसदले भने निर्वाचित भएसँगै जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र पाएका थिए।

प्रत्येक निर्वाचन क्षेत्रबाट २ जना निर्वाचित र नेपाललाई एउटा निर्वाचन क्षेत्र मानेर आउने सबै पार्टीका समानुपातिक ३ सय ३० गरी ७ वटा प्रदेशमा ५ सय ५० सांसद रहेका छन्। जसको २० प्रतिशत १ सय १० जना हुन्छ।

१ नम्बर प्रदेशमा ९३, २ नम्बरमा १ सय ७, ३ नम्बरमा १ सय १०, ४ नम्बरमा ६०, ५ नम्बरमा ८७, ६ नम्बरमा ४० र ७ नम्बरमा ५३ सांसद रहेका छन्। बढीमा १ नम्बरमा १९, २ नम्बरमा २१, ३ नम्बरमा २२, ४ नम्बरमा १२, ५ नम्बरमा १७, ६ नम्बरमा ८ र ७ नम्बरमा ११ जना मन्त्री बन्नेछन्।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

विशेष