News

प्रदेश नम्बर १ र ४ को प्रदेशसभाको पहिलो बैठक आज

प्रदेश नम्बर १ र ४ को प्रदेशसभाको पहिलो बैठक आज

काठमाडाैं । प्रदेश नम्बर १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश नम्बर १ को बिराटनगर र ४ को पोखरामा बैठक बस्नेछ । पहिलो बैठकमा ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिको शुभकामना मन्तव्य, ज्येष्ठ सदस्यले प्रदेशसभा अन्तरिम कार्यविधी २०७४ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र सभामुखको निर्वाचन मिति तोक्ने कार्यसूची छ ।

प्रदेश नम्बर १ का सबै जिल्लाका प्रदेश सांसदहरु बिराटनगर पुगिसकेका छन् । प्रदेशसमाको पहिलो बैठकका लागि बिराटनगरमा तयारी सकिएको छ । यस्तै प्रदेश नम्बर ४ को पहिलो बैठकका लागि ४ नम्बर प्रदेशका सबै जिल्लाका सांसद पोखरा पुगिसकेका छन् । यसअघि हिजो ४ प्रदेशको प्रदेशसभा बैठक बसेको थियो ।प्रदेश नम्बर २, ५, ६ र ७ को प्रदेशसभा बैठकमा सांसदहरुले समृद्धिमा जोड दिएका छन् ।

Nepali Politics

विशेष