साझाले ल्याएको नयाँ बसमा चढ्न र ओर्लन धेरै सजिलो,गर्ने हैन त यात्रा ?
काठमाडौं। साझा यातायातले नयाँ बस ल्याएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त भएका नागरिकलाई लक्षित गरि ल्याइएको हो ।
सेमी लो फ्लोर को बस भारतको राजस्थानमा रहेको अशोकले ल्याण्डको प्लान्टबाट ललितपुरको पुल्चोकसम्म ट्रेलरमा राखेर ल्याइएको छ । बस साना खाल्डाखुल्डी परेको बाटोमा पनि गुड्न नसक्ने भएकाले ट्रेलरमा चढाएर ल्याइएको साझा यातायातका कार्यकारीले जानकारी दिएको छ ।
बसको मूल्य १ करोड रहेको छ ।, तर निर्माता कम्पनीले नै छुट दिएकोले ३५ लाख मात्रै भएको यातायातका कार्यकारीले बताए । ‘महंगो भएकाले अहिलेलाई नमुनाका रुपमा एउटा मात्रै बस ल्याएका छन् । ४१ सिट भएको गाडीमा अपाङ्गता भएका नागरिक पनि सजिलै चढ्न सक्नेछन् । भित्र जाने र ओर्लने ढोकामा जम्मा एउटा मात्रै सिँढी भएको र ह्वीलचेयर पनि सजिलै चढाउन र ओराल्न सकिने खालको छ ।
सडकदेखि बसको ‘बडी’ को उचाइ निकै कम हुने भएकाले सानातिना खाल्डामा पनि यो बस जमिनमा ठोकिने भएकाले अहिलेलाई काठमाडौंको सबैभन्दा सजिलो बाटोमा यसलाई चलाउने तयारी भैरहेको छ ।