News मुख्य समाचार

मधेसी दलका नेताहरुले हिन्दीमा सम्बोधन गरेपछि व्यापक विरोध, राजपा र फोरमको पुत्लादहन

मधेसी दलका नेताहरुले हिन्दीमा सम्बोधन गरेपछि व्यापक विरोध,  राजपा र फोरमको पुत्लादहन

काठमाडौं । प्रदेशसभामा हिन्दीमा भाषण गरेपछि जनकपुरमा बिरोध, राजपा र फोरमको पुत्लादहनमधेश प्रदेशको रुपमा रहेको र मधेशवादी दलहरुकै बाहुल्य रहेको प्रदेश नं. २ को प्रदेशसभामा राजपा तथा संघीय समाजवादी फोरमका नेताहरुले हिन्दीमा सम्बोधन गरेपछि स्थानीय युवाहरुले बिरोध गरेका छन् ।

हिन्दीमा सम्बोधन गरेपछि स्थानीय युवाहरुले जनकपुरको जानकी चोकमा दुवै पार्टीको पुत्ला बनाएर जलाएका हुन् । माघ २१ गते जनकपुरमा भएको प्रदेशसभा २ को बैठकमा फोरम र राजपाका सांसदहरुले हिन्दी भाषामा सम्बोधन गरेका थिए ।

योसगै देश नम्बर दुईमा मातृभाषाको विवाद चर्किएको छ । स्थानीय युवाहरुले मैथिली, भोजपुरी र अन्य मातृभाषालाई वेवास्ता गर्दै हिन्दी भाषामा सम्बोधन गरेको भन्दै दुई पार्टीको पुत्ला जलाएका हुन् ।

पुत्ला दहनको क्रममा स्थानीय युवाहरूको प्रहरीसँग पुत्ला खोसाखोस भएको थियो । मातृभाषामा नगरी हिन्दीमा संम्बोधन गरेकाले विरोध जनाएको स्थानीय युवक सुशील कर्णले बताए ।

मधेशवादी दलहरुले हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्छ भन्दै संविधान संशोधनको माग गर्दैआएको छन् ।

विशेष