विप्लवका कार्यकर्ताले चुडामणि शर्माको घर तोडफोड गरे
काठमाडौं । दुई वटा गम्भीर मुद्धा खेपिरहेका आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको घरमा तोडफोड भएको छ। नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता भएको बताउँदै उक समूहले मंगलबार दिउसो उनको निवासमा हमला गरेका हुन् ।
बुढानिलकन्ठस्थित शर्माको घरमा तोडफोड गर्दा घरको झ्यालका सिसा फुटेको बताइएको छ । आक्रमणकारी दुईवटा गाडी नै लिएर त्यहाँ पुगेका थिए। तोडफोडमा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुरूमा शर्माको घर भएको आशंकामा उनीहरुले शर्माका छिमेकी चन्द्रसिंह तुलाधरको घर तोडफोड गरेका थिए । उक्त समूह पछि शर्माको घर पत्ता लगाएर तोडफोड गरेको बुझिएको छ ।