News समाज ताजा खबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमा दुर्घटना, महिलाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमा दुर्घटना, महिलाको मृत्यु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैकाे सिनामंगल सडकमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको छ।

बिहान ६ बजे बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडी सवार, पिंगलास्थान बस्ने सुनसरी ईटहरीकी रविना ओझाको मृत्यु भएको हो।


उनको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा बिहान ८ बजे मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाउको छ। बसलाई बानेश्वर प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष