पूर्वराजाको भारत भ्रमण लुक्लाको मौसमजस्तोः प्रेमसिंह बस्न्यात (भिडियो)
'हिन्दु र बौद्धमा १० प्रतिशत पनि फरक छैन'
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण लुक्ला को मौषम जस्तो भएको बताएका छन् । ३० सेकेण्डमा घाम लाग्ने र ३० सेकेण्डमा कुहिरो लाग्ने भन्दै त्यससँग उनले तुलना गरेका हुन् ।
हालै ज्ञानेन्द्र शाहले भारत भ्रमण गरेकोबारे टिप्पणी गर्दै उनले नेपालआजसँग यस्तो बताएका हुन् । यस्तै उनले पछिल्लो परिवेश अनुसार देश टुक्रिनसक्ने सम्भावनाहरु रहेको पनि औँलयाएका छन् ।
यस्तै राजसंस्था जोगाउन धार्मिक प्रयासहरु भएको हुनसक्ने पनि उनको भनाइ थियो । त्यसैका लागि विभिन्न देशहरु जाने एउटा विकल्प प्रयोग गरेको उनले बताए ।