नेपाललार्इ सुरुवाती झड्का, अाेपनर ज्ञानेन्द्र मल्ल ७ रनमै आउट
काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत दोस्रो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । नामिबियाको डब्लुएपी मैदानमा टस जितेको ओमानले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
नेपालले सुरुवातमै विकेट गुमाएको छ। उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर आउट भए। १७ बल खेलेका उनले १ रन प्रहार गरे। अहिले दिलीप नाथ र कप्तान पारस खड्का ब्याटिङ गरिरहेका छन्।