शेयर

उन्नति माइक्रो फाइनान्सको शेयर बाँडफाँड

उन्नति माइक्रो फाइनान्सको शेयर बाँडफाँड

काठमाडाैं । उन्नति माइक्रो फाइनान्सको साधारण शेयर (आइपिओ) आज बाँडफाँड भएको छ । शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले गोलाप्रथाबाट गरेको बाँडफाँडमा १५ हजार १५ आवेदकले न्यूनतम १० कित्ता शेयर पाएका छन् ।

 

साधारण शेयर माग गरेका दुई लाख ४६ हजार ८९४ जनामध्ये दुई हजार ४६७ आवेदन रद्द भएको छ । शेयर आवेदनमा प्रष्ट नभएको र हितग्राही खाता नम्बर स्पष्ट नभएका आवेदकको समेत आवेदन रद्द भएको हो ।

 

उन्नतिले एक लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमा आठ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोष र छ हजार ६०० कित्ता कर्मचारीलाई छुट्याएर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । भैरहवामा केन्द्रीय कार्यालय रहेको सो माइक्रो फाइनान्सले विभिन्न १० जिल्लामा सेवा दिइरहेको छ ।

विशेष