विदेश

अमेरिकाले तालेवानी नेताको टाउकोको मूल्य तोक्यो

अमेरिकाले तालेवानी नेताको टाउकोको मूल्य तोक्यो

अमेरिकाले चरमपन्थी संगठन तेहेरेक ए तालिवान अर्थात् टीटीपीका नेता मौलाना फुजुल्लाहमाथि ५० लाख डलर अर्थात् करिब साढे ५१ करोड रुपैयाँको इनाम राखेको छ ।

 


अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन् कि फजुल्लाहका साथै अब्दुल वली र मंगल बाघको बारे पनि जानकारी दिनेलाई ३०–३० लाख डलर अर्थात् ३१ करोडको इनाम दिइनेछ ।


अमेरिकी विदेश विभागले न्यायको लागि इनाम कार्यक्रममार्फत यो घोषणा गरेको बताएकाे छ । घोषणाअनुसार यी चरमपन्थीबारे जानकारी दिने र उसको ठेगाना पत्ता लगाउनेलाई यो इनाम दिइनेछ ।

 


अमेरिकाले यो घोषणा त्यतिबेला गरेको थियो जतिबेला पाकिस्तानकी शीर्ष कूटनीतिज्ञ तथा विदेश सचिव तहमिना जंजुआ दुई दिने भ्रमणमा वासिंटनमा छिन् ।

विशेष