साढे दुई रुपैयाँमै सेनिटरी प्याड
भारतको केन्द्र सरकाले महिलाहरुमा हुने महिनावारी र त्यसको असर कम गर्न साथै महिलाहरुको कामकाजमा सहजता ल्याउन सेनिटरी प्याड वितरण गर्ने भएको छ ।
केन्द्र सरकारले यो योजना २८ मे अर्थात् अन्तर्राष्ट्रिय महिनावारी दिवसको दिन पारेर वितरण गर्ने भएको छ ।
सरकारको यो अभियान खासगरी देशैभरि भएका विपन्न एवं महिनावारी हुँदा प्याड प्रयोग गर्न नसक्ने समुदायप्रति लक्षित गरिएको छ । भारत सरकारले भनेको छ– यो आम भारतीय महिलाहरुका लागि सुविधा स्किम हो जुन अत्यावश्यक छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको दिन पारेर ल्याइएको यो योजनाको नाम ‘सुविधा स्किम’ दिइएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
सरकारले दिने यो प्याड प्रतिप्याकेट १० रुपैयाँ मात्र पर्ने जनाइएको छ । जसमा १० वटा प्याड राखिएको हुन्छ ।
गरिब तथा विपन्न महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर ल्याइएको यो प्याड देशमा भएका सबै ३२०० जनऔषधि केन्द्रमा उपलब्ध हुने पनि भारत सरकारले जनाएको छ ।
उक्त प्याड प्रयोग गर्नुको फाइदा भनेको यसमा खासगरी एक किसिमको पदार्थ मिसाइएको हुन्छ, जसको प्रयोगबाट अक्सिजनसँग सम्पर्क हुने र त्यसले दुखाइसमेत कम गर्ने जनाइएको छ ।