सबै भन्दा ठूलो ‘म्याराथन’मा ३५ हजार सहभागी

जेरुसलेम । इजरायलको जेरुसलेममा भएको म्याराथन दौडमा ३५ हजारभन्दा बढी प्रतियोगी सहभागी भएका छन् ।
शुक्रबार भएको म्याराथनमा सहभागीमध्ये चार हजार विदेशी नागरिक रहेका अधिकारीहरूले जनाएका छन् । यो अहिलेसम्मकै सवैभन्दा धेरै सहभागी म्याराथन दौड भएको बताइएको छ ।
म्याराथन दौड स्थानीय समयानुसार बिहान ६.४५ मा सुरु भएको थियो भने दिउसो २ बजे सकिएको थियो । सो म्याराथन दौडमा चीन, अमेरिका, जर्मनी, पोल्याण्ड, पोर्चुगललगायत ७२ भन्दा बढी देशका धावक सहभागी भएका थिए ।
इजरायलभन्दा बाहिरका देशमध्ये हङकङले सवैभन्दा धेरै धावकहरू सहभागी गराएको थियो । हङकङपछि लस एन्जेल्स, बेइजिङ र लण्डनले धेरै धावकलाई म्याराथनमा दौडिन लगाएको थियो ।
marathon