News Technology

दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण

दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण

इलाम- दृष्टिविहीन विद्यार्थीलाई एन्ड्रोइड मोबाइल फोन वितरण गरिएको छ।

 

इलाम, पाँचथर र ताप्लेजुङका १७ विद्यार्थीलाई सो सहयोग गरिएको एक्सन डिसेवल राइट्स एन्ड डेभलपमेन्ट नेपालका अध्यक्ष डा वीरेन्द्रराज पोख्रेलले बताए। यसैगरी फाकफोकथुम गाउँपालिका वडा नं १ र २ मा २५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

 

करुणा फाउण्डेशन नेपालको आयोजना तथा महिला तथा बालबालिका कार्यालयको सहयोगमा वडा नं १ को ठिंगेपुर र वडा नं २ को कोल्बोटेमा भएको शिविरमा परिचयपत्र बाँडिएको हो।

 

एक जनालाई रातो, ७ जनालाई निलो, ११ जनालाई पहेँलो र ६ जनालाई सेतो परिचयपत्र वितरण गरिएको फाउन्डेसनका सन्तबहादुर विश्वकर्माले जानकारी दिए ।

विशेष