News

नेपालका सडक एसियाकै सबैभन्दा खराब

नेपालका सडक एसियाकै सबैभन्दा खराब

काठमाडौं । नेपालका सडक एसियाकै खराब भएकाे रिपोर्ट सार्वजनिक भएको छ । वर्ल्ड इकोनोमिक फोरमले एसियाली देशहरुको सडकको अवस्थाबारे सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ जसमा नेपाल सबैभन्दा पुछारमा छ ।

 

आर्थिक स्रोतको कमी र पहाडी भूबनोटका कारण नेपालका सडक खराब देखिएको प्रतिवेदनमा उल्लेख छ ।

 

सबैभन्दा उत्कृष्ट सडक रहेको देशको सूचीमा सिंगापुर पहिलो स्थानमा छ । यसैगरी जापान दोस्रो, ताइवान तेस्रो, दक्षिण कोरिया चौथो र मलेसिया पाँचौं स्थानमा छन् ।

यसैगरी राम्रा सडक भएको देशहरुको सूचीमा चीन पहिलो स्थानमा छ । त्यसपछि क्रमशः ब्रुनाई, श्रीलंका, भारत, थाइल्याण्ड र पाकिस्तान छन् ।

 

बंगलादेश, मंगोलिया, फिलिपिन्स, कोलम्बिया, लाओस, भियतनाम र भुटानका सडक पनि सबैभन्दा खराब सडक भएको देशमा सूचीकृत भएका छन् ।

विशेष