विदेश

अफगानिस्तानमा २४ सुरक्षाकर्मीकाे मृत्यु

अफगानिस्तानमा २४ सुरक्षाकर्मीकाे मृत्यु

अफगानिस्तानको फराह राज्यमा तालिवान समूहले गरेको आक्रमणमा २४ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

 

इरानको सीमा नजिक अफगानिस्तानको बाला बुलुक जिल्लामा तालिवानविरुद्ध कारबाहीको तयारीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भएको हो ।

मारिनेमा चार जना स्पेसल फोर्सका अधिकृतसमेत रहेका छन् । घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।

 

अफगानिस्तानमा पछिल्लो समय तालिवान आक्रमण तीव्र भएपछि सरकारी सेनाले तालिवानका पकड क्षेत्रमा धावा बोल्दै आएको छ ।

 

यसैक्रममा १० दिनअघि भएको हवाई हमलामा केही तालिवानको मृत्यु भएको थियो ।

विशेष