राधा चाैधरीमाथि भएकाे घटनालार्इ लिएर काठमाडाैंकाे अारअार कलेजमा प्रदर्शन
अनेरास्ववियु रत्न राज्य क्याम्पस कमिटीले कैलालीकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरिएको र पीडकलार्इ कारवाही नभएकाे भन्दै विरोध प्रदर्शन गरेको छ ।
बोक्सीको आरोपमा युवतीमाथि हिंसा गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्दैै गरिएको विरोध प्रदर्शनमा २०० भन्दा धेरै विद्यार्थी सहभागी थिए ।
अनेरास्ववियु रत्न राज्य क्याम्पस कमिटी उपाध्यक्ष श्रीकृष्ण उप्रेतीले पीडकलाई कारवाही नगरिएसम्म आन्दोलनमा जाने बताए ।
मुद्दा फिर्ता गर्न खोज्ने जो कोहीलाई कारवाही गर्नुपर्ने र दोषीलाई कडा कारवाही गर्नुपर्ने उनले बताए ।