News

डा. केसी नयाँ माग, प्रधानन्यायाधीश पराजुलीलार्इ महाअभियाेग लगाउनुपर्छ

अदालतमा नग्न नृत्य भैरहेकाे छ

डा. केसी नयाँ माग, प्रधानन्यायाधीश  पराजुलीलार्इ महाअभियाेग लगाउनुपर्छ

काठमाडौँ । डाक्टर गोविन्द केसीले आइतबारको अवहेलना मुद्दाको बहसपछि अदालतबाट बाहिर निस्कँदै प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियाेग लगाउनुपर्ने बताएका छन्।

 

अदालतबाट बाहिर निस्केर डाक्टर केसीले भने, ‘आज अदालतमा जे भयो, त्यो नग्न नृत्य हो, प्रधानन्यायाधीश गोपाल पराजुलीको रवैया यस्तै रहिरहने हो भने उनलाई महाअभियोग लगाउनुपर्छ।’

 

सर्वोच्च अदालतले आइतबार अदालतको अवहेलनासम्बन्धी कान्तिपुर र गोविन्द केसीको मुद्दालाई एउटै वृहत् अदालतमा पेस गर्दै सुनुवाइ गरेको थियो । यो मुद्दामा आइतबार हेर्दाहेर्दैमा रोकिएको छ भने सोमबार यही इजलासमा फेरि सुनुवाइ हुनेछ ।

विशेष