विदेश

दक्षिण फिलिपिन्समा सरकार र विद्रोहीबीच झडप हुँदा ४४ लडाकूको मृत्यु

दक्षिण फिलिपिन्समा सरकार र विद्रोहीबीच झडप हुँदा ४४ लडाकूको मृत्यु

मनिला । फिलिपिन्समा सरकारी सेना तथा बाङ्सामोरो इश्लामिक फ्रिडम फाइटर (बिआइएफएफ)बीच भएको झडपमा ४४ जना विद्रोही लडाकू मारिएका यहाँको सैनिक प्रवक्ताले आइतबार जनाएका छन् । 

 

लेफ्टिनेन्ट कर्नेल जेरी वेसानाले सञ्चारकर्मीलाई बताएअनुसार बिहीबार शुरूभएको दोहोरो झडपमा परी ४४ जना विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएका छन् । 

 

गुप्तचर अधिकारीले दिएको सूचनाका आधारमा घाइते र मृतकको सङ्ख्या सार्वजनिक गरिएको सैनिक प्रवक्ता वेसानाले बताए । 

 

बिहीबार विहानैदेखि शुरु भएको झडपमा दक्षिणी फिलिपिन्सको साल्बु, डाटु साउदी अम्पाटुआन क्षेत्रमा सेनाले करिब ५० विद्रोहीको सामना गरेको थियो । 

Philippians

विशेष