News विदेश

अफगानिस्तानमा सुरक्षा कारबाहीमा १८ विदेशी लडाकूसहित २७ जना मारिए

अफगानिस्तानमा सुरक्षा कारबाहीमा १८ विदेशी लडाकूसहित २७ जना मारिए

शेबेरघान, अफगानिस्तान । अफगानिस्तानको जावजान प्रान्तमा २७ जना इस्लामिक स्टेट (आइएस) लडाकू मारिएका छन् ।

 

आइएस लडाकू लुकेर बसिरहेको सुराकीको आधारमा सेनाले गरेको कारबाहीमा उनीहरू मारिएको अफगानी सैन्य स्रोतले बिहीबार जानकारी दिएको छ ।

 

मारिएका मध्ये १८ जना विदेशी लडाकू रहेको सुरक्षा निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आइएस लडाकूले घटनाको जिम्मेवारी लिएका छन् ।

 

गत एघार महिनाको अवधिमा अफगानिस्तानका चार प्रान्तमा गरी अहिले सम्म कुल २३ हजार भन्दा बढी आइएस लडाकू मारिएका छन् । त्यसैगरी ४९९ जना घाइते भएका वक्तव्यमा उल्लेख छ । (रासस-सिन्ह्वा)

विशेष