News अपराध सुरक्षा

गोंग‌बुमा प्रहरीको ‘स्वीप अपरेसन’, ३६ जना पक्राउ

गोंग‌बुमा प्रहरीको ‘स्वीप अपरेसन’, ३६ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुको ‘स्वीप अपरेसन’मा ३६ जना पक्राउ परेका छन् ।

 

प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा शनिबार राति गरेको अपरेशनमा उनीहरू पक्राउ परेका हुन् ।

 

बसपार्क क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, खाजाघर, फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको अारोपमा प्रहरीले पक्राउ गरेको हो ।

 

प्रभागका प्रमुख प्रताप पौडेलले एक सय २० प्रहरीको सहयोगमा गरिएको अनुसन्धानमा पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको जानकारी दिए। ‘हामी अनुसन्धान गर्छौँ, गल्ती देखिए मुद्दा चलाउँछौँ’, उनले भने।

विशेष