गणेश तिमिल्सिनालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने एमालेको निर्णय
काठमाडौं । नेकपा एमालेले गणेश तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
तिमल्सिना पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् । उनी प्रदेश ४ बाट राष्ट्रियसभामा एमालेबाट निर्वाचित भएका थिए। राष्ट्रियसभा अध्यक्षका लागि आउँदो फागुन ३० गते चुनाव हुँदैछ ।
अध्यक्षका अर्का दावेदार परशुमेघी गुरुङलाई राष्ट्रियसभा दलको नेता बनाउने निर्णय भएको हाे । कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिने तयारी गरेको छ ।
यद्यपि औपचारिक निर्णय भएको छैन । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तापक्षले कसलाई उम्मेद्वार बनाउँछ भन्ने टुंगो लागेपछि मात्र आफुहरुले उम्मेद्वार उठाउने नउठाउने निर्णय गर्ने बताए ।