राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिनाको उम्मेदवारी दर्ता भएपछि कांग्रेसले गर्याे यस्ताे निर्णय
काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेबाट गणेश तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । संघीय संसद् भवन पुगेर सोमबार तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
वाम गठबन्धनको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष पद एमालेको भागमा परेको थियोख । सोही सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभा अध्यक्ष बन्ने पक्का देखिएको छ । एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ।
एमालेबाट पर्वतको जिल्ला सभापति भइसकेका तिमिल्सिना एमाले प्रदेश नम्बर ४ का सहसंयोजक हुन्। उनी प्रदेश ४ बाट राष्ट्रियसभामा एमालेबाट निर्वाचित भएका थिए । अध्यक्षको निर्वाचन बुधबार हुनेछ। नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने निर्णय गरिसकेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदको शक्ति सन्तुलनलाई हेर्दासमेत राष्ट्रियसभामा उम्मेदवारी दिन आवश्यक नदेखिएको बताए । उनले राष्ट्रियसभा भनेको प्रबुद्ध व्यक्तिहरुको सभा भएकाे भन्दै त्यसमा मत विभाजन नगर्ने निष्कर्षमा कांग्रेस पुगेको बताए ।