त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना
घटनाको थप विवरण आउँदै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही बेरअघि मात्रै युएस–बंगला एयर दुर्घटना भएकाे छ ।
सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको छ ।
तर जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्निनियन्त्रकको ठुलो टोली विमानस्थलको धावनमार्गमा आगो निभाउन परिचालित भएको छ । यात्रुसहितको विमान दुर्घटनामा परेकाले हताहती हुन सक्ने अनुमान गरिएपनि त्यसको एकीन पुष्टि हुन सकेको छैन ।
विमनस्थलका अधिकारीका अनुसार विमानस्थलकाे फुटबल मैदानमा विमान दुर्घटना भएकाे हाे । दुर्घटनाकाे थप विवरण भने अाउन बाँकी छ ।