News मुख्य समाचार

अर्थमन्त्री खतिवडाले ज्वाइको लागि गभर्नरलाई दिए यस्तो दबाब

अर्थमन्त्री खतिवडाले ज्वाइको लागि गभर्नरलाई दिए यस्तो दबाब

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना ज्वाइ डा. रामशरण खरेललाई मन्त्रालय पठार्इदिन नेपाल राष्ट्र बैंकलाई दबाव दिँदै पत्राचार गरेका छन् ।

 

गत फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त भएका डा. खतिवडाले १५ गते नै नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै सोही दिनदेखि हाजिर हुने गरी आफ्ना ज्वाइलाई मन्त्रालय पठाइ दिन पत्राचार गराएका हुन् ।

 

मन्त्रालयको तर्फबाट शाखा अधिकृत निरन्जन ज्ञवालीले राष्ट्र बैंकलाई फागुन १५ गते लेखेको पत्रमा ‘नेपाल राष्ट्र बैंक बिराटनगर कार्यालयका उपनिर्देशक श्री डा. रामशरण खरेललाई आजैका मितिदेखि यस मन्त्रालयमा काम काज गर्ने गरी खटाई दिनुहुन आदेश अनुसार अनुरोध छ ।’ उल्लेख छ । डा. खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर भएको बेलामा उनका छोरी ज्वाइ डा. खरेललाई अन्तराष्ट्रिय मुद्रा कोष पठाइएको थियो ।


सो अघिसम्म राष्ट्र बैंकबाट आइएमएफको सल्लाहकारमा कम्तिमा निर्देशक तहसम्मको अधिकारी पठाउने चलन भए पनि डा. खतिवडाले आफ्ना ज्वाइ डा. खरेललाई सो पदमा पठाएका थिए । डा. खरेल आइएमएफ जादा कनिष्ठ उपनिर्देशक थिए ।

 

 

विशेष