News

अपडेटः विमानमा लागेकाे अागाे नियन्त्रणमा, सुरक्षाकर्मी शव निकाल्दै

अपडेटः विमानमा लागेकाे अागाे नियन्त्रणमा, सुरक्षाकर्मी शव निकाल्दै

विमानमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । विमानबाट सुरक्षाकर्मीहरूले शव निकालिरहेका छन् ।

 

घाइते यात्रुहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी–२११ भएको युएस–बंगला एयरमा ६७ यात्रु र चालक दलका ४ सदस्य सवार थिए ।

 

सोमबार दिउँसो सवा २ बजेको समयमा बंगलादेशको राजधानी ढाकाबाट आएको युएस ब‌ंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि भीषण आगो लागेको थियाे । 

 

विमान बंगलादेशबाट नेपाल आएको थियो । दुर्घटनाबारे बुझ्न गृहमन्त्री लगायत सरकारी उच्च पदस्थ अधिकारी विमानस्थल पुगेका छन् ।

TIA Airport

विशेष